१२ राशिको आजको भाग्यफल: कसको चम्किनेछ दिन?

१२ राशिको आजको भाग्यफल: कसको चम्किनेछ दिन?
  • मेष: दिन फलदायी छ। मिठासपूर्ण बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको नयाँ अवसर मिल्नेछ भने दाजुभाइ तथा बन्धुबान्धवसँगको सहकार्यले आर्थिक लाभ दिलाउनेछ। पारिवारिक सल्लाहमा अघि बढ्नु उत्तम हुनेछ।

  • वृष: गुम्न लागेको धन वा सम्पत्ति फिर्ता हुने योग छ। वैदेशिक रोजगारीका नयाँ विकल्पहरू खुल्नेछन्। स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिनेछन्। यद्यपि, शिक्षा क्षेत्रमा सफलता पाउन थप मिहिनेतको आवश्यकता छ।

  • मिथुन: दिन मध्यम रहेकाले बोलीमा संयमता अपनाउनुहोला। व्यापार-व्यवसायमा नयाँ लगानी गर्दा जोखिम हुनसक्छ। ठूला व्यक्तिहरूसँगको व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ। उत्तरतातर्फको यात्रा टाल्नुहोला, तर राजनीतिक क्षेत्रमा भने वातावरण सहज बन्नेछ।

  • कर्कट: बोलीको प्रभावले कार्यसम्पादनमा सहजता आउनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको उचित फल मिल्नेछ। आज पश्चिम दिशाको लामो यात्रा नगर्नुहोला।

  • सिंह: कामको चाप बढ्नेछ। व्यवसायमा एक्लै लगानी गर्नुभन्दा सहकार्यमा काम गर्दा फाइदा हुनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा थप लगनशीलता आवश्यक देखिन्छ।

  • कन्या: सरकारी वा राज्यपक्षको कामबाट सफलता र प्रसन्नता मिल्नेछ। धार्मिक यात्राको योग छ र पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ। तर, खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्याले सताउन सक्छ।

  • तुला: समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको प्रयासले सफलता दिलाउनेछ। प्रेम सम्बन्ध मधुर रहनेछ। कुनै पनि नयाँ काम गर्दा अग्रजहरूको सुझाव लिनु हितकर हुनेछ।

  • वृश्चिक: मनमा शान्ति मिल्नेछ र पुराना स्वास्थ्य समस्यामा सुधार आउनेछ। मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। शिक्षा र सामाजिक कार्यबाट नाम र दाम दुवै कमाउने अवसर मिल्नेछ।

  • धनु: सञ्चित धन खर्च हुनुका साथै अनावश्यक भागदौड वा यात्रा हुन सक्छ। तर, धार्मिक क्षेत्रको भ्रमणले मानसिक शान्ति दिनेछ। दिनलाई सहज बनाउन दानपुण्यबाट दिनको सुरुवात गर्नुहोस् र महत्त्वपूर्ण काम अघि ठूलाको सल्लाह लिनुहोस्।

  • मकर: नजिकका व्यक्ति वा प्रियजनबाट धोका हुनसक्ने भएकाले सचेत रहनुहोला। मनमा नकारात्मक विचार आउन सक्ने र स्वास्थ्यमा समस्या बढ्ने देखिन्छ। हरेक काममा कडा मिहिनेत आवश्यक छ। निर्णय लिँदा परिवारको सल्लाह लिनुहोला।

  • कुम्भ: सामाजिक क्षेत्रमा पद-प्रतिष्ठा बढ्नेछ। विरोधी वा प्रतिस्पर्धीहरूले पनि साथ दिनेछन्। घरजग्गाको कारोबारबाट विशेष फाइदा हुनेछ भने मन प्रसन्न रहनेछ।

  • मीन: आम्दानीका स्रोतहरू बढ्नेछन् र साथीभाइको राम्रो सहयोग मिल्नेछ। राजनीति तथा समाजसेवामा गर्नुभएको योगदानको कदर र प्रशंसा हुनेछ। प्रेम सम्बन्धमा थप प्रगाढता आउनेछ।

छुटाउनुभयो कि ?