रामेछाप। रामेछापको मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्।
दुर्घटनामा परी केही यात्रु अझै हराइरहेको आशंका गरिएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त नभएको जनाइएको छ। घाइतेहरूको धुलीखेल र काठमाडौंमा उपचार भइरहेको छ।
सामान्य घाइते भएका चालकलाई भने उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
मन्थली नगर अस्पतालका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म पहिचान खुलेका व्यक्तिहरू यसप्रकार रहेका छन्।
