ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सुनसरी।। सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल सवारलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकहरूको पहिचान खुलाउने प्रयास प्रहरीले गरिरहेको छ भने दुर्घटनामा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ।