तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् ।

मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा विद्युत् माग र आपूर्तिको अवस्था, प्रणालीको व्यवस्थापन तथा विद्युत् आपूर्ति नियमित र व्यवस्थित बनाउन भइरहेका तयारीबारे जानकारी लिएका थिए ।

सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।