भारतीय रुपैयाँ १०० को बिक्रीदर १६०.१५ रुपैयाँ कायम, हेर्नुहोस् अन्य मुद्राको दर

भारतीय रुपैयाँ १०० को बिक्रीदर १६०.१५ रुपैयाँ कायम, हेर्नुहोस् अन्य मुद्राको दर

काठमाडाैं। नेपाल राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय पचास रुपैयाँ सतासी पैसा र बिक्रीदर एक सय एकाउन्ट रुपैयाँ सतासी पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय उनान्सट्ठी रुपैयाँ छचालिस पैसा र बिक्रीदर एक सय सत्तरी रुपैयाँ तेह्र पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर दुई सय तीन रुपैयाँ एघार पैसा र बिक्रीदर दुई सय तीन रुपैयाँ बयानब्बे पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर एक सय चौरासी रुपैयाँ साठी पैसा र बिक्रीदर एक सय पचासी रुपैयाँ त्रियान्नब्बे पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर एक सय पाँच रुपैयाँ उनान्सट्ठी पैसा र बिक्रीदर एक सय छ रुपैयाँ एक्काइस पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ एघार पैसा र बिक्रीदर एक सय आठ रुपैयाँ चौवन्न पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर एक सय अठार रुपैयाँ सत्र पैसा र बिक्रीदर एक सय अठार रुपैयाँ चौसट्ठी पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ त्रिपन्न पैसा र बिक्रीदर नौ रुपैयाँ सत्ताउन्न पैसा, चिनियाँ युआन एकको खरिददर बाइस रुपैयाँ बहट्ठी पैसा र बिक्रीदर बाइस रुपैयाँ एकाउन्न पैसा, साउदी अरेबियन रियाल एकको खरिददर चालिस रुपैयाँ उ नाइस पैसा र बिक्रीदर चालिस रुपैयाँ पैंतीस पैसा तथा कतारी रियाल एकको खरिददर एकचालिस रुपैयाँ उनान्सट्ठी पैसा र बिक्रीदर एकचालिस रुपैयाँ पचपन्न पैसा कायम भएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ एकाउन्न पैसा र बिक्रीदर चार रुपैयाँ त्रिपन्न पैसा, युएई दिराम एकको खरिददर एकचालिस रुपैयाँ सात पैसा र बिक्रीदर एकचालिस रुपैयाँ चौरानब्बे पैसा, मलेसियन रिङ्गेट एकको खरिददर सैंतीस रुपैयाँ उनान्साठी पैसा र बिक्रीदर सैंतीस रुपैयाँ चौरानब्बे पैसा, साउथ कोरियन वन १०० को खरिददर एघार रुपैयाँ पच्चीस पैसा र बिक्रीदर एघार रुपैयाँ उनान्सट्ठी पैसा, स्वीडिस क्रोनर एकको खरिददर पन्ध्र रुपैयाँ छचालिस पैसा र बिक्रीदर पन्ध्र रुपैयाँ बाउन्न पैसा तथा डेनिस क्रोनर एकको खरिददर बाइस रुपैयाँ सतसट्ठी पैसा र बिक्रीदर बाइस रुपैयाँ छयत्तर पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर उन्नाउन्न रुपैयाँ तेईस पैसा र बिक्रीदर उन्नाउन्न रुपैयाँ एकसट्ठी पैसा, कुवेती दिनार एकको खरिददर चार सय नब्बे रुपैयाँ आठ पैसा र बिक्रीदर चार सय बयानब्बे रुपैयाँ तीन पैसा, बहराइन दिनार एकको खरिददर तीन सय उनान्सट्ठी रुपैयाँ उनासी पैसा र बिक्रीदर चार सय एक रुपैयाँ अडचालीस पैसा तथा ओमनी रियाल एकको खरिददर तीन सय एकानब्बे रुपैयाँ पचासी पैसा र बिक्रीदर तीन सय त्रियानब्बे रुपैयाँ एकचालिस पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय साठी रुपैयाँ र बिक्रीदर एक सय साठी रुपैयाँ पन्ध्र पैसा कायम गरिएको छ । आवश्यकतानुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।