रवि भेट्न नख्खु जाँदै प्रचण्ड

रवि भेट्न नख्खु जाँदै प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न नख्खु जाने  भएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे सभापति लामिछाने भेट्न नख्खु कारागार जाने भएका हुन्।

सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो ।