मन्त्रिपरिषद्को २५ निर्णयः मन्त्रीहरु विदेश भ्रमणमा जानेदेखि ३० अर्ब ८ करोड ऋण लिनेसम्म

मन्त्रिपरिषद्को २५ निर्णयः मन्त्रीहरु विदेश भ्रमणमा जानेदेखि ३० अर्ब ८ करोड ऋण लिनेसम्म

काठमाडौं, ४ भदौ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज गत भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

त्यस्तै, सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब, ८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले नेपाल विमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट शरद ओझालाई पदमुक्त गरेको छ । विमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष ओझा खराब आचररण प्रदर्शन गरेको, कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको कारण देखाउँदै मन्त्रिपरिषद्ले पदमुक्त गरेको हो ।

त्यस्तै, प्रशासकीय अदालतको अध्यक्षमा डा.टेकबहादुर घिमिरे र सदस्यहरुमा अधिवक्ता नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासियाको युगाण्डा भ्रमण पनि स्वीकृत भएको छ । चौरासिया आगामी भदौ २३ देखि २७ गतेसम्म युगाण्डाको कम्पालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने भएका छन् ।

त्यस्तै, थाइल्याण्डको बैंककमा भदौ १७ र १८ मा आयोजना हुने विश्व वित्तीय संरचना सम्बन्धी एसिया सहयोग सम्बादको उच्चस्तरीय सम्मेलन र २०औं परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा त्यसतर्फ जाने भएकी छन् ।