मोरङमा भएको सडक दुर्घटनामा ठक्कर दिने चालककै मृत्यु

मोरङमा भएको सडक दुर्घटनामा ठक्कर दिने चालककै मृत्यु

मोरङ : मोरङको पथरी उर्लावारी सडकखण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

शनिबार विहान भएको दुर्घटनामा चितवन भरतपुर ११ का २८ वर्षीय अजय अधिकारीको ज्यान गएको हो। घटना विवरण अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. न. १–०२–००१–ख ८०९१ को ट्रकले र सोहि दिशातर्फ आउँदै गरेको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। सो दुर्घटनामा ठक्कर दिने ट्रकका चालक अधिकारीको मृत्यु भएको हो।

सह चालक अंकित जिएन घाइते भएका छन्‌। घाइतेको विर्तामोड स्थित बिएनसी अस्पतालमा उपचार भैरहेको ट्राफिक प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ। मृतक चालकको शब पोस्टमार्टम को लागि मंगलबारे अस्पतालमा लगिएको ट्राफिक प्रहरी कार्यालय पथरीले बताएको छ ।