यस्ताे छ आजकाे माैसम : कतै हिमपात , कतै चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं : आज पहाडका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज शनिवार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने संभावना छ ।आज राती देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिए । यसकै प्रभावले अरु ठाउँको मौसम आंशिक बदली हुनेछ । तर यो पश्चिमी वायु कमजोर भएकाले यसअघिको जस्तो धेरै पानी भने कतै पनि नपर्ने उनको भनाइ छ ।