२सय८४विघा सरकारी जमिन फिर्ता

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २सय८४ विघा जमिन फिर्ता गरेको बताउनुभएको छ ।आफ्नो कार्यकालको प्रगतिका बारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक हुने बताउनुभयो ।

नक्साबारे सुझाब दिने प्राविधिक समितिले सुझाब पेश गरेकोसमेत जानकारी दिनुभयो । विगतमा बिना कानुन जग्गा उपलब्ध गराउने, सुकुम्बासी समस्या समाधान गर्दा समस्या भएको भन्दै उनले पहिलोपटक सुकुम्बासी समस्या समाधान गर्न, अव्यवस्थित बसोबासीको समस्या समाधान कानुनबाट नै गरौं भनेर कानुन बनाएको बताइन् ।

गुठी ऐनका बारेमा सरोकारवालासँग पटकपटक छलफल गरिएको भन्दै उहाँले धेरै चरणमा छलफल गर्दा सरोकारवालाहरु सँगै जान सकिन्छ भन्ने निष्कर्षमा पुगेकोबताउनुभयो । सगरमाथाको उचाइ मापन गर्ने कार्यको ९० प्रतिशत काम सम्पन्न भएको समेत उहाँले जानकारी दिनुभयो ।