काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको भेटमा ओली र शेखरबीच करिब डेढघण्टा छलफल भएको थियो । नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
नेता कोइरालाले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताइएको छ । पार्टीमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका हुन ।