चितवनमा लगतार बर्षाका कारण १५ करोड बराबरको इँटा नष्ट

चितवनमा लगतार बर्षाका कारण १५ करोड बराबरको इँटा नष्ट

चितवन : तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको हो । वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित रु १५ करोड बराबरको क्षति भएको उनले जानकारी दिले । अहिलेको वर्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । हालजिल्लामा १८ वटा इँटा उद्योग रहेका छन् ।