काठमाडौं। राजावादीले प्रदर्शन गरेको तिनकुनेमा नै एमालेले शक्ति प्रदर्शन गरेको छ । राजावादीहरुलाई काउन्टर दिन एमाले पँक्ति आज बाईक र्यालीमा निस्किएको हो । भक्तपुरबाट ठूलो संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु कोटेश्वरतर्फ र्यालीमा आएका थिए ।
एमाले नेताहरु राजन भट्टराई र विष्णु रिजालले पनि बाईक र्यालीमा भाग लिएको तस्विर सार्वजनिक भएको छ । उनीहरु बुलेट बाइकमा देखिएका थिए । उनीहरुसँगै युवा संघका अध्यक्ष क्षितिज थेबेपनि देखिएका छन् ।
यो बाइक र्यालीको संयोजन युवा संघले नै गरेको हो । पछिल्लो समय राजावादीहरुले राजतन्त्र फर्काउने भनेर प्रदर्शन गर्न थालेपछि गणतन्त्रवादीहरु पनि सडकमा उत्रिन थालेका छन् । चैत्र १५ गते माओवादी केन्द्रको अगुवाईमा समाजवादी मोर्चाको ब्यानरमा शक्ति प्रदर्शन गरिएको थियो ।