ओलीलाई घुँडा टेकाउने विपक्षी गठबन्धनको रणनीति, कुलमानबारे चित्तबुझ्दो जवाफ नदिएसम्म सदन नदिने

टीआरसीसँग कुलमान साट्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले दिए यस्तो जवाफ

टीआरसीसँग कुलमान साट्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्नसक्ने बताएका छन् । 

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताए । 

‘प्रधानमन्त्रीले रोष्टममा आएर स्पष्ट जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन’, उनले भने । 

प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको उनले स्पष्ट पारे । त्यस दिनको बैठकमा कुलमानबारे कसैले एक शब्द चर्चा नगरको प्रचण्डले जिकिर गरे ।

उनले सदन रोकेर ओलीलाई घुँडा टेकाउने रणनीति अवलम्बन गरेपछि सत्तापक्ष सकसमा परेको छ ।