बालेन सरकारको यात्रा फासीवादी मार्गमा अग्रसर छ: बादल

बालेन सरकारको यात्रा फासीवादी मार्गमा अग्रसर छ: बादल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले सुझाव दिए।

सुशासन र सम्पत्ति छानबिनको लोकप्रिय आवरणमा देशभक्त शक्ति,मिडियाकर्मी,नागरिक अभियान्ता र व्यवसायीहरूलाई निसाना बनाइएको उनले बताए। उनले पछिल्लो ६ महिनामा संसद समेत सत्ता पक्ष सरकारको छायाँ मात्र साबित भएको,विधेयकहरू संख्या र शक्ति अनुसार एकपक्षीय ढङ्गले पारित गरिएको र प्रतिपक्षलाई पूरक नभई बाधक ठानिएको आरोप लगाए।

उनले सभामुखले राजनीतिक सहमतिका लागि अगुवाइ नगरेको र सत्ता पक्षको ढ्यापढ्यापे शैली कायम रहेको धारणा राखे। थापाले भदौ १० गतेको महाविपद्मा सरकारको उद्धार तथा राहत कार्य सन्तोषजनक नरहेको,अहंकारवश विदेशी सहायता लिन ढिलाइ गरिएको र आत्मप्रचार बढी देखिएको आरोप लगाए।

छुटाउनुभयो कि ?