सोलुखुम्बु : सोलुखुम्बुको माथिल्लो र तल्लो क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिजो बिहानदेखि पानी तथा हिउँ पर्दा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । पशु–चौपायाहरूसमेत प्रभावित भएका हुन् ।
सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीका पिके डाँडा, टाक्सिन्दु, जुभिङलगायतका क्षेत्रमा हिमपात भइरहेको छ । बुधवार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्हरूको भनाई छ । हेरौँ तस्बिरमा :