स्रोत नखुलेको २६ लाख ७१ हजारसहित ४ जना वीरगञ्जबाट पक्राउ

स्रोत नखुलेको २६ लाख ७१ हजारसहित ४ जना वीरगञ्जबाट पक्राउ

वीरगञ्ज : पर्सा प्रहरीले स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरिया १ घर भई हाल वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने ४१ वर्षीय संजयकुमार साह, सोही ठाउँ बस्ने ३० वर्षीय जयलाल महतो, भारतको रक्सौल डुमरिया टोलका ३५ वर्षीय विजयकुमार ठाकुर र वीरगञ्ज महानगरपालिका १६ नगवाका ३१ वर्षीय राजुकुमार कलवार रहेका छन् । प्रहरीले चारै जनालाई अवैध वित्तिय (हुण्डी) कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

सञ्जय र जयलाल वीरगञ्जको आदर्शनगरबाट पक्राउ परेका हुन् । बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलमा सवार सञ्जयको साथबाट ९ लाख ७१ हजार र जयलालको साथबाट १० लाख स्रोत नखुलेको रकम बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका १६ भन्सार गेट अगाडिबाट विजय र राजु पक्राउ परेका हुन् ।
बीआर ०५ एए ७२५५ नम्बरको भारतीय मोटरसाइकलमार्फत रक्सौलबाट वीरगञ्ज तर्फ आउने क्रममा विजय र राजु पक्राउ परेका हुन् । दुवै जनाको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई अवैध वित्तिय कारोबार ९हुण्डी० शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।