काठमाडौं : चितवनको भरतपुरस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ सदस्यहरु नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट ६ जना सदस्यहरु नियुक्त भएका हुन् ।
नियुक्त हुनेहरुमा डा। विनय ठाकुर, डा. कैलाश भण्डारी, डा. रक्षा श्रेष्ठ, डा.सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी हुन् । न्यौपाने नेकपा भरतपुर नगरकमिटी अध्यक्ष र अधिकारी अनेरास्ववियु नेतृ हुन् ।
१४ सदस्यीय क्यान्सर अस्पतालको बोर्ड रहने व्यवस्था छ । गत पुसमा ६ जना सदस्यहरुका पदावधि सकिएपछि रिक्त पदमा स्वास्थ्यमन्त्री ढकालको सिफारिसमा मन्त्रिपरिषदले सदस्यहरु नियुक्त गरेको हो । सदस्यहरुको कार्यअवधि तीन वर्षको हुन्छ । केही साताअघि मात्रै सरकारले अस्पतालको अध्यक्षमा डा। निर्मल लामिछानेलाई चयन गरेको थियो ।