काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ। अखिल नेपाल संघ एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार साधरणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार टिकट बिक्री भएको हो।
१२ औँ पटक फाइनलमा पुगेको नेपाल साविक विजेता बंगलादेशसँग उपाधिका लागि भिड्दैछ। यसअघि सेमिफाइलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल आजको खेल जित्ने दाउमा छ।
खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्दैछन्। रंगशालामा टिकट लिनेको भिड बढेपछि काठमाडौँ महानगरपालिकाले पनि तीन ठाउँबाट लाइभ गर्दैछ।
टुँडीखेल, चाबाहिल खेल मैदान र सानोगौचरनबाट खेल प्रत्यक्ष हेर्ने वातावरण बनाउन लागिएको हो ।