नेपाली कांग्रेसको १५औँ महाधिवेशन: सभापतिलाई ४० हजार, वडा सदस्यलाई ५ सय मनोनयन शुल्क

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: सभापतिलाई ४० हजार, वडा सदस्यलाई ५ सय मनोनयन शुल्क

काठमाडाैं। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मका विभिन्न पदका उम्मेदवारहरूका लागि मनोनयन दर्ता शुल्क निर्धारण गरेको छ। पार्टीको ‘१५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३’ को अनुसूची-२१ अनुसार उम्मेदवारी दर्ताका लागि न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ४० हजार रुपैयाँसम्म शुल्क तोकिएको हो।

निर्देशिका अनुसार सबैभन्दा बढी मनोनयन दस्तुर केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ र सबैभन्दा कम वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ कायम गरिएको छ।

उम्मेदवारी दर्ता गर्दा तोकिएको यो शुल्क उम्मेदवार स्वयं वा निजको वारिसमार्फत सम्बन्धित निर्वाचन अधिकृतसमक्ष बुझाउनुपर्नेछ। उम्मेदवारी फिर्ता लिए पनि वा निर्वाचनको परिणाम जुनसुकै आए पनि बुझाइएको शुल्क फिर्ता नहुने व्यवस्था गरिएको छ।

विभिन्न तहका पदहरूका लागि तोकिएको मनोनयन दस्तुर निम्न बमोजिम छ:

केन्द्रीय कार्यसमिति

  • केन्द्रीय सभापति: रू. ४०,०००

  • उपसभापति र महामन्त्री: रू. ३०,०००

  • सह-महामन्त्री: रू. २०,०००

  • केन्द्रीय सदस्य: रू. ११,०००

प्रदेश कार्यसमिति

  • प्रदेश सभापति: रू. २०,०००

  • उपसभापति र महामन्त्री: रू. १५,०००

  • सहमहामन्त्री: रू. १०,०००

  • प्रदेश सदस्य: रू. ५,०००

जिल्ला कार्यसमिति

  • जिल्ला सभापति: रू. १५,०००

  • उपसभापति र सचिव: रू. ७,०००

  • सहसचिव: रू. ६,०००

  • जिल्ला सदस्य: रू. ३,०००

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति तथा प्रतिनिधि

  • क्षेत्रीय सभापति: रू. १०,०००

  • केन्द्रीय महाधिवेशन प्रतिनिधि: रू. ७,०००

  • उपसभापति र सचिव: रू. ५,०००

  • केन्द्रीय महासमिति सदस्य: रू. ५,०००

  • सहसचिव: रू. ४,०००

  • क्षेत्रीय सदस्य: रू. २,०००

प्रदेश सभा क्षेत्रीय कार्यसमिति

  • सभापति: रू. ७,०००

  • प्रदेश अधिवेशन प्रतिनिधि: रू. ५,०००

  • उपसभापति र सचिव: रू. ४,०००

  • सहसचिव: रू. ३,०००

  • प्रदेश सभा क्षेत्रीय सदस्य: रू. २,०००

महानगर/उपमहानगर कार्यसमिति

  • नगर सभापति: रू. ७,०००

  • उपसभापति र सचिव: रू. ४,०००

  • सहसचिव: रू. ३,०००

  • नगर सदस्य: रू. २,०००

नगरपालिका कार्यसमिति

  • नगर सभापति: रू. ५,०००

  • उपसभापति र सचिव: रू. ३,०००

  • सहसचिव: रू. २,०००

  • नगर सदस्य: रू. १,०००

गाउँपालिका कार्यसमिति

  • गाउँपालिका सभापति: रू. ५,०००

  • उपसभापति र सचिव: रू. २,०००

  • सहसचिव: रू. १,५००

  • गाउँपालिका सदस्य: रू. १,०००

वडा कार्यसमिति (गाउँ/नगर/उपमहानगर/महानगर)

  • वडा सभापति: रू. १,०००

  • उपसभापति, सचिव र सहसचिव: रू. ७००

  • वडा सदस्य र क्षेत्रीय प्रतिनिधि: रू. ५००