बिपिन कार्कि पहिलो पटक बाबू बने

बिपिन कार्कि पहिलो पटक बाबू बने

सफल कलाकार बिपिन कार्कि पहिलो पटक बाबू बनेका छन। चलचित्रमा कयौ पटक बाबू बनेपनी वास्तविक जिबनमा पहिलो पटक हो। विपिन सोमबार बिहान छोरीका बाबु बनेका हुन्।

काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो। विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए। बिपिन कार्की नेपालको सफल कलाकार मानिन्छ ।

उनले पशुपतिप्रसाद,प्रसाद,गोपि जात्रा,जात्रैजात्रा जस्ता सफल चलचित्रमा अभिनय गरेका छन।