सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सय बिन्दुमा

सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सय बिन्दुमा

काठमाडौं । शेयर बजार केही दिन यता धर्मराएको छ । सोमबार बजार २५ सय विन्दुमा ओर्लिएको छ । आज बजारले २६ सयको मनोवैज्ञानिक विन्दु छोडेको छ ।

५७.०३ अंकले घटेको बजार २५८०.७६ विन्दुमा ओर्लिएको हो । ३१२ कम्पनी समोल भएको आज ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । ६ वटा कारोबारमा गत बिहीबार झिने अंकले बजार बढेपनि फेरि बजार ओरालो लागेको छ ।

सबै समूहको सूचक घटेको छ । बजारले २६ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको छ । कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसको ३१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा सानिमा रिलायन्स लाइफ र तेस्रो स्थानमा नेपाल फाइनान्स परेको छ ।