काठमाडौँ । सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा अडिएको हो। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा वृद्धि भएको छ।
बिहीबार ३ अर्ब ९३ करोड मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको थियो। यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १८० वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
सेयर बजार दोहोरो अंकले वृद्धि भएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। रिड्ज लाइन इनर्जीको सेयर ७.८५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले २१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। घलेमादी हाइड्रोले २० करोडको कारोबार गर्दा हिमालयन डिस्टिलरीले १८ करोड,सोलु हाइड्रोपावरले १७ करोड र लक्ष्मी सनराइज बैंकले १६ करोडको कारोबार गरे।