बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसदिन सुनको मूल्य तोलामा दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला चार हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनुभयो कि ?