सेयर बजारमा सामान्य सुधार,३ अर्ब ९३ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार,३ अर्ब ९३ करोडको कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको थियो। सो दिन  ३ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो। यसदिन सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।

आज ३५४ वटा स्क्रिप्सको १ करोड १२ लाख ३३ हजार  ६३६  कित्ता सेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा एकामध्ये १४० वटा स्टक्सको मूल्य बढ्दा १२७ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। 

कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्नो रिभर्स,लक्ष्मी भ्यालु फण्ड-२ र मेघा म्युचुअल फण्ड-१को सेयर ६ प्रतिशतले बढ्यो। आरबीबी म्युचुअल फण्ड- २ को सेयर ८.०७ प्रतिशतले घट्यो।


कारोबार रकमका आधारमा घलेम्यादी हाइड्रो शीर्षस्थानमा रह्यो। सो हाइड्रोले २६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। हिमाल दोलखा हाइड्रोपावरले १९ करोडको कारोबार गर्दा पिपुल्स हाइड्रोपावरले १४ करोड,सोनापरी मिनरल्स एण्ड ओइल र हिमालयन पावर पार्टनरले ११/११ करोडको सेयर कारोबार गरे।

७ वटा समूहको उपसूचक बढ्दा ६ वटा समूहको उपसूचक सकारात्मक देखिए। बैंकिङ,डेभलपमेन्ट,हाइड्रोपावर,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो,म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

छुटाउनुभयो कि ?