आज खाडी मुलुक र मलेसियाली मुद्राको विनिमय दर कति छ?

आज खाडी मुलुक र मलेसियाली मुद्राको विनिमय दर कति छ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ ४८ पैसा र बिक्री दर १५५ रुपैयाँ ०८ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ३२ पैसा र बिक्री दर १७३ रुपैयाँ ९९ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ५५ पैसा र बिक्री दर २०५ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

स्विस फ्र्यांक एकको खरिद दर १८५ रुपैयाँ ९२ पैसा र बिक्री दर १८६ रुपैयाँ ६४ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ८३ पैसा र बिक्री दर १०८ रुपैयाँ २५ पैसा रहेको छ।

यसैगरी, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ५७ पैसा र बिक्री दर १०८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलरको खरिद दर १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ७६ पैसा र बिक्री दर नौ रुपैयाँ ८० पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर २३ रुपैयाँ ०८ पैसा र बिक्री दर २३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।

खाडी मुलुकका मुद्राहजारतर्फ साउदी अरेबियन रियाल एकको खरिद दर ४१ रुपैयाँ १५ पैसा र बिक्री दर ४१ रुपैयाँ ३१ पैसा तथा कतारी रियालको खरिद दर ४२ रुपैयाँ ४२ पैसा र बिक्री दर ४२ रुपैयाँ ५८ पैसा तोकिएको छ। युएई दिराम एकको खरिद दर ४२ रुपैयाँ ०६ पैसा र बिक्री दर ४२ रुपैयाँ २३ पैसा कायम भएको छ।

अन्य मुद्राहरूमा थाई भाट एकको खरिद दर चार रुपैयाँ ६१ पैसा र बिक्री दर चार रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ८२ पैसा र बिक्री दर ३७ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ५२ पैसा र बिक्री दर ११ रुपैयाँ ५६ पैसा, स्विडिस क्रोनरको खरिद दर १५ रुपैयाँ ५१ पैसा र बिक्री दर १५ रुपैयाँ ५७ पैसा तथा डेनिस क्रोनरको खरिद दर २३ रुपैयाँ १९ पैसा र बिक्री दर २३ रुपैयाँ २८ पैसा तोकिएको छ।

त्यसैगरी हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ६९ पैसा र बिक्री दर १९ रुपैयाँ ७६ पैसा, कुवेती दिनारको खरिद दर ५०१ रुपैयाँ ३१ पैसा र बिक्री दर ५०३ रुपैयाँ २६ पैसा, बहराइन दिनारको खरिद दर ४०९ रुपैयाँ ११ पैसा र बिक्री दर ४१० रुपैयाँ ७० पैसा एवं ओमन रियालको खरिद दर ४०१ रुपैयाँ २४ पैसा र बिक्री दर ४०२ रुपैयाँ ८० पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा स्थिर राखिएको छ। राष्ट्र बैङ्कका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

छुटाउनुभयो कि ?