प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

प्रधानमन्त्री ओलीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी गराएका हुन्। ओलीले नेपालले कुनै पनि हस्तक्षेप अस्वीकार गर्ने स्थापित नीतिलाई संयुक्त राष्ट्रसंघमा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले राष्ट्र हितको पक्षमा केन्द्रित भएर आफूले धारणा राख्ने संसदलाई जानकारी गराए।

महासभाको मुख्य नारा‘कसैलाई पनि पछाडि नछाड्ने स् वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ रहेको छ। महासभालाई सम्बोधन गरेपछि उनले अमेरिकाकाअन्य स्थानमा हुने कार्यक्रमलाई समेत सम्बोधन गर्ने गरी परराष्ट्र मन्त्रालयले कार्यतालिका बनाएको छ।

आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले “सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूचीसमेत रहेको छ। 

यसैबीच संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्यको सिफारिस भएको छ।