काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।
बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय 'घन्टीघर'मा अइतबार बिहान ११ बजे बैठक बोलाइएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा उक्त बैठक बस्न लागेको हो।
बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा अन्य समसामयिक विषयमा छलफल गरिने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।