संसदीय समितिमा रवि लामिछानेको मुस्कान (फोटो फिचर)

संसदीय समितिमा रवि लामिछानेको मुस्कान (फोटो फिचर)

काठमाडौं। पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे संसदीय छानबिन विशेष समितिमा पुगेर बयान दिएका छन्।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो।

समितिका सभापति सुर्य थापाले विभिन्न सहकारी र  कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये गोरखा मिडिया नेटवर्कका पूर्वसंचालक एवं प्रबन्ध निर्देशक हाल सांसद सदस्य रवि लामिछानेलाई समितिको बैठकमा  बोलाएर सोधपुछ गरिएको जानकारी दिएका छन् ।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिले पाएको तीन महिनाको समयअवधि यहि भदौ २३ गते सकिँदैछ ।