चलचित्र 'परदेशी २’को लागी बर्षा सिवाकोटी प्रकाश सपुतको जोडी बन्दै

चलचित्र 'परदेशी २’को लागी बर्षा सिवाकोटी प्रकाश सपुतको जोडी बन्दै

काठमाडौ : नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ का लागि नायिका फाइनल भएकी छिन् । निर्माण समुहले नायिका बर्षा सिवाकोटीलाई मुख्य नायिकाको रुपमा अनुबन्धित गरेको छ । तर यसको औपचारिक घोषणा भने निमार्ण समुहले चाँडै गर्ने बुझिएको छ ।

फिल्म ‘परदेशी २’ मा मुख्य नायकको रुपमा गायक प्रकाश सपुत पक्का भएका छन् । प्रकाशले यसै फिल्म मार्फत रजतपटमा नायकको रुपमा डेव्यु गर्न लागेका हुन् । सुपरहिट फिल्मको दोश्रो सिक्वेलमा प्रकाश र बर्षाको जोडी कस्तो देखिएला त

‘परदेशी’मा इन्डियन आइडलको उपाधी विजेता प्रशान्त तामाङ र नायिका रजनी केसीको जोडी थियो । सिक्वेलमा प्रकाश र बर्षा चयन भएका हुन् । फिल्ममा अर्की नायिका पनि रहने बुझिएको छ । ‘परदेशी २’ को छायाँकन केही सातामै सुरु हुने बताइएको छ ।