वीरगन्जमा स्कार्पियो दुर्घटना हुदाँ एक जनाको मृत्यु,तीन घाईते

वीरगन्जमा स्कार्पियो दुर्घटना हुदाँ एक जनाको मृत्यु,तीन घाईते

पर्सा : पर्साको वीरगन्जमा स्कार्पियो दुर्घटना हुदा बाराका एक युवकको मृत्यु भएको छ। तीव्र गतिका कारण मध्य रातमा भएको दुर्घटनामा शक्त घाइते युवकको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

वीरगन्जको घण्टाघरबाट उत्तरतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कार्पियो पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लि चोकस्थित डिभाइडरमा राति १२ तिर आफै ठोक्किँदा सवार आठ जना घाइते भएका पर्सा प्रहरीले जनाएको छ। उनीहरु मध्ये शख्त घाइते बाराको परवानीपुर गाउँपालिका ५ का अन्दाजी १८ वर्षीय युवक आकाश पटेलको उपचारको क्रममा बिहान १२:४० मा मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

घटनाभए लगत्तै पुगेको प्रहरीले उद्दार गरी शक्त घाइते पटेललाई वीरगन्जको नारायणी अस्पतालमा लगिएकोमा उनको त्यहिँ उपचारका क्रममा मृत्यु भएको घटनास्थल पुगेका प्रहरीले बताए। दुर्घटनामा परी बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका १७ वर्षीय धिरेन्द्र दास, वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका १८ वर्षीय ओम पुरी र वर्ष १६ का अमित साह घाइते छन्। उनीहरुको पनि वीरगन्ज न्यूरो अस्पताल र अर्थो अस्पतलामा उपचार भइरहेको छ। स्कार्पियोमा रहेका आठ जना मध्ये बाँकी चारजना भने सामान्य उपचार पछि आ–आफ्नो घर फर्किसकेको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिएका छन्।