गोरखामा क्रसर उद्योगको टिप्परको ठक्करबाट एक जनाको मृत्यु

गोरखामा क्रसर उद्योगको टिप्परको ठक्करबाट एक जनाको मृत्यु

गोरखा : गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । गोरखा नगरपालिका १० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यही क्रसरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० वासुदेव खड्काले जानकारी दिए ।

बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परको ठक्करबाट महिलाको ज्यान गएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिप्परमा आगजनी गर्नुको साथै त्यहाँ रहेका अरु टिप्परमा पनि तोडफोड गरेका छन् ।

आक्रोशित स्थानीयले अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योग बन्द नभएसम्म शव नउठाउने अडान लिएका छन् । अहिले वार्ताको प्रयास भैरहेको डीएसपी खड्काले बताएका छन् । एक सडक परियोजनाले सडक निर्माणका लागि सामाग्री उत्पादन गर्न स्थापना गरेको गोरखकाली क्रसर उद्योग परियोजनाको काम सकिएपछि सुरेन्द्र कुँवर लगायतका व्यक्तिले अवैध रुपमा सञ्चालन गर्दै आएका छन् ।