शास्त्रीय सङ्गीतका गुरु कामतको निधन

शास्त्रीय सङ्गीतका  गुरु  कामतको निधन

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए ।

६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने समीरले जानकारी दिए ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।

उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए ।पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो । छोरा समीरका अनुसार बिरामी भएर थलिएका कामतले चार दिनदेखि केही खाना खाएका थिएनन् ।