उपत्यकाभित्र गाडी भाडा अनुगमनमा खटिए ट्राफिक प्रहरीका ४० युनिट

काठमाडौँ : काठमाडौ महानगरीय ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ। पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन्। प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना रहेको छ। एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भएनभएको सूचना संकलन हुनेछ। भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्ने निर्णय गरेको छ।