चावहिलमा गैंडाको खागसहित २ जना पक्राउ

चावहिलमा गैंडाको खागसहित २ जना पक्राउ

काठमाडौं : काठमाडौंमा प्रहरीले गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खब खत्री र दिनेश थापा रहेका छन् । पक्राउ परेका खत्री काठमाडौं महानगरपालिका ८ चावहिलका हुन् भने थापा बाजुराको बुढीगंगा नगरपालिका ६ का रहेका छन् ।

२५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका ७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो । खत्री र थापाको शरीर र कोठा खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।