बिहेमा हिँडेका १८ नेपाली सवार गाडी भारतमा दुर्घटना , २ जनाको मृत्यु १२ घाइते

बिहेमा हिँडेका १८ नेपाली सवार गाडी भारतमा दुर्घटना , २ जनाको मृत्यु १२ घाइते

काँकडभिट्टा : भारत पश्चिम बंगालको नगरकट्टा भन्ने स्थानमा बुधबार अपराह्‍न भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । १२ जना घाइते छन् । झापा बुद्धशान्ति ३ कि करिब ५० वर्षीया भूमा ढकाल र अन्दाजी ४५ वर्षका दिपज्योति ढकालको उपचारका क्रममा मृत्यु भएको छ ।

भारत–भुटानको सीमा सहर जयगाउँमा बिहीबार हुन लागेको आफन्तको बिहेमा हिँडेका १८ नेपाली यात्रु डव्ल्यू वी ७६–९१९४ को गाडीलाई विपरीत दिशाबाट आएको ७० एच ५७६२ नम्बरको वेगनर कार दुर्घटना ठक्कर दिदाँ नेपाली यात्रु सवार गाडी पल्टिएको थियो ।

नगरकट्टा प्रहरी थानाका प्रमुख सन्जु वर्मनले घटनामा बालबालिका र पाका यात्रीहरु बढी घाइते रहेको र उनीहरुको सुल्कापाडा र मालबजारमा उपचार भइरहेको जानकारी दिए । इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार बुद्धशान्ति ३ का पर्शुराम ढकालकी सालीको बिहेको निम्तो मान्न आफन्तहरु बुधबार भारततिर हिँडेका थिए । भारतबाट मृतकको शव ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।