चिसोमा हुने स्वास्थ्य समस्याका कारण हुम्लामा आठ जनाको मृत्यु

चिसोमा हुने स्वास्थ्य समस्याका कारण हुम्लामा आठ जनाको  मृत्यु

हुम्ला : हुम्ला जिल्लामा जाडो मौसमको समयमा हुने स्वास्थ्य समस्याका कारण पुस २८ गतेदेखि माघ दोस्रो हप्तासम्म आठ जनाको ज्यान गएको छ ।

दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको ज्यान गएको हो । करीब तीन फिटसम्म बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर हुनाका साथै कार्यालयमा काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।

हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायतका कारणले ज्यान गएकोे हुन सक्ने सर्केगाडका वडाध्यक्ष गजबहादुर राउतले जानकारी दिए । हिमपातका कारणले करीब एक महिनादेखि टेलिफोन र विद्युत सेवामा अवरोध हुनाका साथै खाद्यान्न आपूर्तिमा समस्या भएको छ । त्यस्तै बैंक कारोबार पनि ठप्प भएको राष्ट्रिय वाणिज्य बैंक हुम्लाका प्रबन्धक सविता शाहीले बताएकी छन्।