बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ : बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ १८ पैसा रहेको छ । हिजो यसको खरिददर २९६ रुपैयाँ ९४ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो ।

आज बुधबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ । मंगलबार खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा थियो । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा रहेको थियो ।