सर्लाहीमा बस पल्टिदा तीन जना घाइते

सर्लाही : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर–१२ डाँका चोकमा बुधवार विहान ४ बजे बस पल्टिदा तीन जना यात्रु घाइते भएका छन्।

रुपन्देहीको भैरहवाबाट विराटनगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ पल्टिँदा बसमा सवार भारत सुबोल जिल्लाका २२ वर्षका नितेश यादव, विराटनगरका २४ वर्षीय ज्योति लिम्बु र सिरहा गढिमाइ नगरपालिका १३ निवासी २४ वर्षका राम सुबो यादव घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको उपचारका लागि महोतरीको बर्दिवास पठाइएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव निरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।