काठमाडौंको बिभिन्न स्थानमा राखिएका यो मूर्ति के को हो ?????

काठमाडौंको  बिभिन्न  स्थानमा   राखिएका यो मूर्ति के को हो ?????

काठमाडौं:अहिले तपाई काठमाडौंका बिभिन्न पर्यटकिए स्थानहरुमा घुम्न जानु भयो भने तपाईहरु जापनाको सुमो रेस्लर, लाफिङ बुद्ध र हनुमान जस्तो देखिने प्लास्टिकको मूर्तिहरु ठाउँ ठाउँमा देख्न सक्नु हुनेछ । कतिपय मानिसहरुलाई यो सुमो रोस्लर लाग्न सक्छ भने कतिपयलाई यो नेपालको पौराणिक जिव यती पनि लाग्न सक्छ ।

यो कुरा भनेको मानिसको हेराई वा सोचाई अनुसार फरक फरक हुन सक्छ । आखिर यो प्लास्टिकको मूर्ति के हो भनेर तपाईमा बिचार पनि आउन सक्छ । यो मूर्ति हिमालयमा बस्ने नेपालको प्रचिन जिव यतीनै हो । नेपाल र चिन सरकार दुबै मिलेर यसको खोजी कार्य भईरहेको छ ।

तर अहिले यती कस्तो थियो भनेर विवाद आईरहेको छ । यो विवाद आईरहेकोमा यतीका चित्रकार तेसरिन शेर्पा वर्णन गर्छन् मैले कुनै पुस्तक पढेर यतीको स्केच बनाएको छैन। मैले बाल्यकालमा सुनेको कथाहरूको आधारमा र भगवान बुद्धलाई मेरो दिमागमा राखेर मैले यसको डिजाईन बनाएँ । यद्यपि शेर्पा भन्छन् यतीको चित्र यती सम्बन्धी कुनै साहित्यका आधारमा चित्रित गरिएको छैन।

यती आर्ट कमिटीका सहसंयोजक प्रेम प्रभात गुरुङ भन्छन् कि यती पौराणिक चरित्र हो, यसमा रचनात्मक स्वतन्त्रता हुनुपर्दछ। हाम्रो उद्देश्य यतीलाई डरको रुपमा होईन बरुभन्दा त्यसको सट्टा शान्ति, मेलमिलाप र नम्रताको प्रतिकको रूपमा प्रस्तुत गर्नु हो । उनका अनुसार अब देखी यतीलाई नेपालको पहिचानको रुपमा पनि संसार भरी चिनाउन पर्छ भनेर बाताएका छन् ।