ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्वीहरू)

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती (तस्वीहरू)

काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको छ ।

आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो । २१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो ।

सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ । महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार ९ वटा घर, टहरा निर्माण गरेर बसिरहेका बस्ती हटाइएको हो ।उनीहरू करिब २५ वर्षदेखि महानगरको जग्गा हडपेर बसेका थिए ।

बस्ती छोड्नेहरूलाई आफ्नो व्यवस्थापन गर्न महानगरले पहिले नै भनेको भन्दै उनले सार्वजनिक जग्गा महानगर मातहतमा ल्याएर व्यवस्थापन गरिने बताए ।

केही तस्वीर झलक :