झापामा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

भद्रपुर : झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्ला उर्लाबारी ९ बस्ने ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार बेलुका ८ बजे दमक नगरपालिका नयलबारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५प १०५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो।