नेपालमा पनि कोरोना भाइरस : लक्षण तथा बच्ने उपाय

नेपालमा पनि कोरोना भाइरस : लक्षण तथा बच्ने उपाय

काठमाण्डौ : चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार सूचना निकालेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एक साता अघि चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको थियो । कोरोना भाइरसबाट हालसम्म संक्रमित भेटिएका तीनमध्ये एक जनालाई टेकु अस्पतालमा राखिएको छ ।
सम्बन्धित समाचार
नेपालमा ‘कोरोना भाइरस’ को प्रकोप अरु देशमा देखिएकोजस्तो खतरनाक छैन स् चिकित्सक
नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि
विदेशी नागरिकलाई सरकारको आग्रह स् ुरुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिए तत्काल अस्पताल जानुस्ु
कोरोना भाइरस फैलदा चीनमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो
कोरोना भाइरसको संक्रमण युरोपमा पनि भेटियो, फ्रान्सका तीन जनामा संक्रमण भएको पुष्टि
कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै नयाँ वर्षमा ठूला कार्यक्रम नगर्न नागरिकहरुलाई चीनको आग्रह
कोरोना भाइरसस् ज्यान गुमाउने २५ पुगे, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन– विश्व स्वास्थ्य सङ्गठन
विदेशी नागरिकलाई सरकारको आग्रह स् ुरुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिए तत्काल अस्पताल जानुस्ु
टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ । साथै, टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

संक्रमणबाट चीनको हुबेइमा अहिलेसम्म ३९ जनाको ज्यान गएको छ भने हेबेई र हेइलोङझियाङमा एक एक गरि ४१ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको संक्रमण नेपालसहित चीनका साथै अमेरिका, हङकङ, मकाउ, ताइवान, फ्रान्स लगायत १२ देशमा भेटिएको छ ।

हालसम्म मानवमा देखा नपरेको र उपचारको उपाय समेत पत्ता नलागेको कोरोना भाइरस संक्रमणलाई निक्कै खतरनाक मानिएको छ ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।

कसरी हुन्छ संक्रमण ?

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने