निर्धारित मितिमै महाधिवेशन हुनुपर्छ : नेता कोइराला

निर्धारित मितिमै महाधिवेशन  हुनुपर्छ : नेता कोइराला

दमौली, १२ माघ (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान भएकाले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको बताउनुभएको छ । नेपाली काँग्रेस तनहुँद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापति र वरिष्ठ नेताबीचको सहमतिले निर्धारित मितिमै महाधिवेशन हुने आशा जगाएको छ भन्नुभयो

नेता कोइरालाले भन्नुभयो, “निर्धारित मितिमै महाधिवेशन सम्पन्न गराउनका लागि कार्यकर्ताले नेतृत्वलाई दबाब दिन आवश्यक छ ।” पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्न र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मा केही समस्या भए सुधार गरेर लैजानुपर्नेमा उहाँले आग्रह गर्नुभयो ।