फोटोमा सोनाम ल्होसार

फोटोमा सोनाम ल्होसार

काठमाडौं : तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउन लागेका हुन् ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५५ औँ वर्ष पूरा भएर २८५५ औँ वर्ष सुरु हुन्छ ।ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । पर्वको अवसरमा काठमाडौैमा विविध कार्यक्रम भएका छन् । हेर्नुहोस् तस्बिरमा :