नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

बुटवल । बुटवलमा कार दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ । । बुधबार राति  ९ बजे भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको हो  । 

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन् ।

बुटवलसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट झण्डै १ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोट घुम्न गएकाहरु सवार कार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको  छ।

दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।