पोखरा : गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेविरुद्ध अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को कास्की जिल्ला अध्यक्ष मिलन गुरुङको उजुरीका आधारमा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको थियो । प्रहरीले मनाङ्गेविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।