काठमाडौ मल व्यवस्थापनको जिम्मेवारी दिवा सपना जे.भि लाई

काठमाडौ मल  व्यवस्थापनको जिम्मेवारी दिवा सपना जे.भि लाई

काठमाडौं : कर्मचारी संचय कोषको स्वामित्वमा रहेको काठमाडौ सुन्धारास्थित काठमाडौ मल दिवा सपना जे.भि.ले व्यवस्थापन करारको जिम्मेवारी लिएको छ । काठमाण्डौ मल व्यवसायी संघले कर्मचारी संचय कोषवाट व्यवस्थापन जिम्मा पाएको दिवा सपना जे.भि.लाई आज एक समारोहका बीच स्वागत गरेको छ ।

कर्मचारी संचय कोषले गत मंसिर ११ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी काठमाण्डौ मल भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा दिवा सपना जे.भि.सहभागि भई सबै भन्दा बढी भाडा रकम बोल कबोल गरेको थियो । बोलपत्रमा उल्लेखित सबै शर्त पूरा गरेपछि माघ १० गते दुबै पक्षबिच भवन भाडामा लिने दिने सम्झौतामा हस्ताक्षर भएको थियो ।

दिवा सपना जे.भि. का परियोजना प्रमुख विष्णुहरि ढकालले मलका व्यवसायीहरु, व्यवस्थापन पक्ष र कोष तीनै पक्षको साझा उद्देस्य व्यापार बृद्धि गर्नु भएको बताए । उनले व्यापार बृद्धिको लागि मलको आकर्षण र मल भित्रका विशेषताहरु प्रमुख विषय भएको हुँदा तीनै पक्षको सामूहीक प्रयास र सकारात्मक पहलवाट उद्देस्य प्राप्त गर्न सकिने विचार व्यक्त गरे ।

दिवा सपना जे.भी. क वर्गको प्रतिष्ठित कम्पनी भएको हुँदा सबै व्यवहार पारदर्शी व्यवसायीक र सहमतिमा आधारित हुने हुँदा मलका व्यवसायीहरुलाई निर्धक्कसीत व्यवसाय बृद्धिमा लाग्न अनुरोध गरे ।