रेल चलाउन कर्मचारी आवश्यक

रेल चलाउन कर्मचारी आवश्यक

जनकपुर : निकट भविष्यमा सञ्चालनमा ल्याउन लागिएको जयनगर–जनकपुर–कुर्था रेलमार्गका लागि आवश्यक दक्ष श्रमिक नियुक्त गर्न सरकारले नेपाल रेल्बे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको छ । रेल सेवाका लागि दक्ष जनशक्ति नेपाली नागरिकबाट आपूर्ति हुन नसकेको खण्डमा मात्रै श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न उक्त कम्पनीलाई स्वीकृति दिइएको हो ।

यस्तै, सरकारले सोही कम्पनीका लागि विभिन्न ४५ पदमा २२६ दरबन्दीमा औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक प्रक्रियाको माध्यमबाट कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ । कर्मचारी भने करारमा भर्ना गरिनेछ । निर्माण सम्पन्न भएको जयनगर–जनकपुर–कुर्था रेलमार्ग निकट भविष्यमा नै सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको छ ।