५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ

सिरहा : सिराहाबाट एक जना प्रहरी जवान बुधबार बिहान घुससहित पक्राउ परेका छन् ।भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरीएको हो ।

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।